जर्नेलहरु ‘गेरु वस्त्र’ भिरेर योगामा

जर्नेलहरु ‘गेरु वस्त्र’ भिरेर योगामा

रंगका पनि अनेक आयाम छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यसको छुट्टै अर्थ र पहिचान पनि हुन सक्छ । धार्मिक,राजनीतिक,स्वास्थ्य र कूटनीतिमा पनि रंगको विशेष महत्व हुन्छ । हिन्दू धर्ममा पहेँलो रंगलाई ब्राम्हण रंग पनि भनिन्छ । सन्यासीहरुले पनि गेरु रंगको वस्त्र भिर्छन् ।

नेपाली राजनीतिमा पहेँलोले तत्कालीन पञ्चायती व्यवस्थाको प्रतिनिधित्व गर्दथ्यो भने यो निर्दलीय व्यवस्था पक्षधरहरुलाई जनाउने रंग पनि हो । सरुवा रोगको महामारी भएको बेला समेत विश्वभर पहेँलो रंगले प्रतिनिधित्व गर्छ । अहिले नेपाली सेनाका केही हाकिमले त्यहि रंगलाई शीरदेखि पाउसम्म प्रयोग गरेका छन् ।

उपरथी प्रेम शाही,सहायक रथी पुरुषोत्तम ढकाल र उत्तम बिष्टले केही दिनदेखि पहेँलो रंगको पोशाक लगाएर बिहानैदेखि घुँडा धस्न थालेका हुन् । उनीहरुले बझाङ जिल्लाको खप्तडमा योगा गर्न गेरु वस्त्र पहिरिएको भनिएको छ । सेनाको पश्चिम कमाण्डअन्तर्गत अहिले म्याराथन र योगा शिविर सञ्चालन गर्ने होडबाजी छ ।

टिप्पणीहरू