माइतीघर छाडेर तारा बराल भक्तपुरको सानोठिमीतिर
नयाँ माग राख्दै तारा बराल आज भक्तपुरको सानोठिमी पुगेकी छन् । अघिल्लो वर्ष निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको समर्थनमा उनी र उनको समूहले गत हिउँदभर माइतीघर र रामशाहपथमा सँधैजसो धर्ना र प्रदर्शन गरेको थियो ।
बराल अज्ञात ठाउँमा अनसन बस्ने र प्रहरीले अस्पताल पुर्याएपछि त्यहाँ पनि अनसन बसेर चर्चामा आएकी थिइन् । उनी अध्यक्ष रहेको जनताको आयोग महाअभियान नेपाल पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर पुगेर धर्ना दिएका हुन् ।
बरालको समूहले विद्यालय र कलेजका सबै तहका पाठ्यपुस्तकका सामग्रीमा राष्ट्रियता झल्कनुपर्ने, विदेशी पुस्तकमा रोक लगाउनुपर्ने र त्यसको लागि छानबिन प्रक्रिया अगाडि बढाउन दबाब दिएको हो ।
उनीहरुले केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेलाई भेटेर निवेदनसहित दबाब दिएको बताइन्छ ।
टिप्पणीहरू