सेफ नेपालका अध्यक्ष भ्रष्टाचार मुद्दामा मुछिए
रौतहटको एक एनजीओका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा परेको छ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध विशेषमा मुद्दा हालेको हो ।
यादवले एक लाख ७२ हजार दुई सय ४० रुपैँया सरकारी रकम हिनामिना गरेको अख्तियारको आरोप छ । उनले महिला जनचेतना कार्यक्रम सञ्चालन गर्ने भन्दै गढिमाई नगरपालिकासँग सम्झौता गरेबापतको रकम लिई नक्कली विल पेश गरेको अख्तियारले जनाएको छ ।
उनले भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम मुद्दा दायर गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यस्तै, अख्तियारले यादवसँग भ्रष्टाचार गरेको उक्त रकम माग दाबी पनि गरेको छ ।
टिप्पणीहरू