भ्रष्टाचारीका खबर दिनहुँ, आज तीन जना

भ्रष्टाचारीका खबर दिनहुँ, आज तीन जना

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा परेको छ । सार्वजनिक सम्पत्ति हिनामिना गरेको भन्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा हालेको हो ।

जसमा बर्दियाको राजापुर नगरपालिका–७ स्थित भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारु, तत्कालीन सचिव सोहन प्यारी थारु र तत्कालीन कोषाध्यक्ष राधेश्याम थारु हुन् ।

उनीहरुले गैरकाष्ठ वन पैदावार संकलन भई टेण्डर प्रक्रियाबमोजिम सुरुची ट्रेड एण्ड सप्लायर्स मगरागाडी–२ बर्दियालाई लिलाम बिक्री गर्ने क्रममा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

तीन जनाले दुई लाख ७८ हजार ८४ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

टिप्पणीहरू