चिर्पटले हानेर लिम्बुले लिम्बु मारे
काठमाडौंको टोखामा एक युवकको चिर्पटले हानेर हत्या भएको छ । दुईपक्षीय विवादमा कुटाकुट हुँदा ४० वर्षीय खगेन्द्र लिम्बुले चिर्पटले हानेर दिपेन लिम्बुको हत्या गरेका हुन् ।
हत्या आरोपमा प्रहरीले पाँचथर घर भएका खगेन्द्रलाई पक्राउ गरेको छ । काठको चिर्पटले हिर्काउँदा पाँचथरका २२ वर्षीय दिपेन गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आरोपीलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि कर्तव्य ज्यानसम्बन्धी कसूरमा प्रहरी वृत्त महाराजगञ्जमा अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू