सेवाग्राहीमाथि कर्मचारीको अश्लिल गालि
सिरहामा सेवाग्राहीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक कर्मचारी समातिएका छन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा अस्पतालमा कार्यरत नायब सुब्बा बासुदेव महतोलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत महतोलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार मैनालीले जानकारी दिए ।
सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभनपछि उनले दुव्र्यवहार गरेको आरोप छ ।
टिप्पणीहरू