पाँच वर्षीया बालिका बलात्कृत

पाँच वर्षीया बालिका बलात्कृत

बारामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । एक किशोरले घरमा कोही नभएको मौका छोपेर ती बालिकामाथि करणी गरेका हुन् ।

बालिकालाई करणी गरेको अभियोगमा जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई हिजोराति प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा फकाएर जङ्गलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू