अबदेखि अधिवक्ताको लिखित परीक्षा सबै प्रदेशबाट

अबदेखि अधिवक्ताको लिखित परीक्षा सबै प्रदेशबाट

नेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ताको लिखित परीक्षा सातै प्रदेशबाट दिन सकिने व्यवस्था मिलाएको छ । परीक्षा आगामी भदौ २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुँदैछ ।

बागमती प्रदेशको परीक्षा काठमाडौंमा हुनेछ भने प्रदेश १ को विराटनगरमा सञ्चालन गरिनेछ । यस्तै, मधेश प्रदेशको जनकपुरमा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा हुनेछ ।

अधिवक्ता तहको ३० औँ परीक्षामा सहभागी हुन इच्छुक कानुन व्यवसायीले आवश्यक कागजात असार १५ गतेदेखि साउन १५ गतेभित्र पेश गरिसक्नुपर्नेछ ।

परीक्षा शुल्क भने चार हजार रुपैयाँ तोकिएको छ । परीक्षा कार्यक्रम र केन्द्र पछि तोकिने परिषद्ले जनाएको छ । ३१ औँ अधिवक्ता तहको परीक्षा नयाँ पाठ्यक्रमअनुसार हुन लागेको हो ।

टिप्पणीहरू