हातमा जुत्ता बोकेर गाँजाको वैधानिकता मागियो

हातमा जुत्ता बोकेर गाँजाको वैधानिकता मागियो

सरकारले गाँजामाथि लगाएको प्रतिबन्ध फुकुवाको माग राख्दै धनगढीका युवाले हस्ताक्षर अभियान थालेका छन् । नेपाल गाँजा वैधानिकता महाअभियान सुदूरपश्चिम प्रदेश समितिले उक्त अभियान थालेको हो ।

गाँजाबाट जुत्ता, चप्पल, ब्याग तथा अन्य सामग्री बनाएर मुलुकको आर्थिक अवस्था सुधार गर्न सकिने समितिले जनाएको छ । सरकारले वैधानिकता दिएमा गाँजा पनि जनता र मुलुकको आयआर्जनको राम्रो स्रोत सक्ने समितिको ठम्याइ छ ।

देशभरका विभिन्न ठाँउबाट १० लाख हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाउने लक्ष्य उनीहरुको छ । यता, प्रदेश संयोजक किरण थापाले गाँजालाई वैधानिक बनाउन सरकारसँग जोडदार माग गरेका छन् ।

गाँजाले मुलुकको अर्थतन्त्र उकास्न महत्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ । घरघरमा रोजगारीको अवसर सिर्जना गर्न पनि गाँजालाई वैधानिकता दिनुपर्ने उनीहरुको भनाइ छ ।

टिप्पणीहरू