चितवनमा दुईको निधन : एक जना मकैबारीमा, अर्का नारायणीमा
आज चितवनमा दुई जनाको ज्यान गएको छ । एक जनाको माछा मार्ने क्रममा नारायणीमा बगेर र अर्कोको छोराले प्रहार गरेको धारिलो हतियारबाट निधन भएको हो ।
आज दिउँसो माडी नगरपालिका ६, स्याउलीबासस्थित घर नजिकैको आफ्नै मकै बारीमा ५५ वर्षकी मायादेवी तामाङ्लाई निजका छोरा अर्जुन तामाङ्ले पछाडिबाट धारिलो हतियार प्रहार गरी हत्या गरेको हो । हत्यास्थल इलाका प्रहरी कार्यालय, माडीबाट ८ किलोमिटर टाढा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
त्यस्तै आजै दिउँसो भरतपुरको नगरबन नजिक नारायणी नदीमा माछा मार्ने क्रममा बेलचोक वस्ने अन्दाजी २० वर्षका सुसन चौधरी नदीमा बेपत्ता छन् । सँगै नदीमा गएका साथीहरुले उनको अवस्थाबारे जानकारी गराएपछि वडा प्रहरी कार्यालय नारायणघाटबाट प्रहरी निरीक्षकको कमाण्डमा निजको खोजी गर्न उद्धार टोली गएको हो ।
टोलीले एक किलोमिटरसम्मको क्षेत्रमा निजको खोजी गरेको बताइएको छ ।
टिप्पणीहरू