श्रीमानपछि कोशेली खाने पालो अधिकृतको

श्रीमानपछि कोशेली खाने पालो अधिकृतको

जिल्ला अदालत गोरखाका शाखा अधिकृत घुस रकमसहित समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अदालतका शाखा अधिकृत रामचन्द्र केसीलाई १५ हजार घुससहित समातेको हो ।

सेवाग्राहीबाट घुस लिने क्रममा केसीलाई पक्राउ गरिएको अख्तियारको पोखरा कार्यालयका उपसचिव देवीप्रसाद थपलियाले जानकारी दिए । केसीलाई अख्तियारको टोलीले हिजो नियन्त्रणमा लिएको हो । उनलाई थप अनुसन्धानको निम्ति काठमाडौँ ल्याइएको छ ।

 

 

 

टिप्पणीहरू