हतियार बोकेका भारतीय मोटरसाइकल चढेर लुम्बिनीमा

हतियार बोकेका भारतीय मोटरसाइकल चढेर लुम्बिनीमा

रुपन्देही प्रहरीले हतियारसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिरेका भारतको सिद्दार्थनगरका ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अली गएराति पक्राउ परेका हुन् ।

यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकलमा लुम्बिनी क्षेत्रमा घुमिरहेका उनीहरुको गतिविधि शंकास्पद लागेपछि प्रहरीले पछ्याएको थियो । शंका लागेर जाँच गर्दा उनीहरु लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्क नजिकैबाट समातिएका हुन् ।

इलाका प्रहरी कार्यालय, लुम्बिनीका प्रहरी निरीक्षक युवराजजँग कार्कीका अनुसार मोटरसाइकल चालक चिनकको कम्मरमा बाँधिएको कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउण्ड गोली र एक थान चक्कु बरामद गरिएको छ ।

टिप्पणीहरू