कैदीहरु यसकारण आलोपालो सुत्न थाले

कैदीहरु यसकारण आलोपालो सुत्न थाले

२० जना कैदीबन्दी अट्ने जाजरकोट कारागारमा ५४ जना खाँदेर राख्दा सुत्नसमेत आलोपालो गर्नुपर्ने अवस्था आएको छ । क्षमताभन्दा झन्डै तीन गुणा बढी कैदी राखेपछि खानपिन र सुताई व्यवस्थापनमा चुनौती थपिएको हो ।

कारगार नाइके कुशबहादुर महताराले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताए ।

कारागारमा अहिले ३५ जना कैदी र १९ जना थुनुवा गरी जम्मा ५४ जना कैदीबन्दी छन् । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्नसमेत कारागार प्रशासनलाई समस्या भइरहेको उनको भनाइ छ ।

आफूहरुको व्यवस्थापनमा उचित पहल नगरेको कैदीबन्दीहरूले गुनासो पोख्दै आएका छन् । जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदी बन्दीहरूले वर्षायाममा राम्ररी सुत्न समेत नपाउने कैदी दीर्घबहादुर नेपालीको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समस्या समाधानका लागि पहल गरिएको बताए ।

टिप्पणीहरू