अशक्त युवतीलाई गोठमा पुर्याएर करणी

अशक्त युवतीलाई गोठमा पुर्याएर करणी

बैतडीमा अशक्त युवतीलाई बलात्कार गरेको आरोपमा दुई जना समातिएका छन् । दोगडाकेदार गाउँपालिका ४ की २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोगडाकेदार ४ का ५१ वर्षीय गोपीराम चुनारा र ३२ वर्षीय ललित चुनारा हुन् । उनीहरुले गत असार २७ गते दिउँसो ती युवतीलाई फकाएर गोठमा लगेर करणी गरेको पीडितका आफन्तको आरोप छ ।

पीडित युवतीको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए ।

टिप्पणीहरू