स्याकार ट्रेडिङ कम्पनी टाटा ग्रीन ब्याट्रीको आधिकारिक विक्रेताका रूपमा नियुक्त

स्याकार ट्रेडिङ कम्पनी टाटा ग्रीन ब्याट्रीको आधिकारिक विक्रेताका रूपमा नियुक्त

टाटा ग्रीन ब्याट्रीको आधिकारिक विक्रेताको रुपमा स्याकार ट्रेडिङ कम्पनी प्राली (एसटीसी) नियुक्त भएको छ ।

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरका आधिकारिक विक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालीलाई होण्डा मोटरसाइकल तथा स्कुटर, होण्डा पावर प्रोडक्ट र होण्डा मोटर्सको निम्ति टाटा ग्रीन ब्याट्रिको आधिकारिक विक्रेताको रुपमा नियुक्त गरिएको हो ।

टाटा ग्रीन ब्याट्रिज, टाटा अटोक्याम्प जीवाइ ब्याट्रीज प्रालीबाट उत्पादन हुन्छ । जो भारतको प्रमुख अटोमुभी र टु डब्लु ब्याट्री उत्पादक मध्ये एकमा पर्छ । उक्त ब्याट्रिको गत बिहिबार कम्पनीको प्रमुख कार्यmय ज्योती भवनमा एक लञ्च गरिएको हो ।

सो अवसरमा कम्पनीका सिईओ रवि गुप्ताले टाटा ग्रीन ब्याट्रि टु व्हीलर्स ब्याट्रिज भारतमा रहेको ठूला उत्पादकहरु मध्येको एकमा पर्ने जानकारी दिए ।

टु डब्लु ब्याट्रि सप्लायर्सको क्षेत्रमा भारत स्थित टाटा अटो क्याम्प एक प्रमुख कम्पनी हो । टाटा अटो क्याम्पसँगको सहकार्यबाट नेपालमा रहेको एसटीसीका एक सय ५० डिलरमार्फत ग्राहक समक्ष टाटा ग्रीन ब्याट्रिको सेवा पुर्याइने कम्पनीले जनाएको छ ।

टाटा ग्रीन ब्याट्रजिमा, टाटा अटो कम्पनी सिस्टमस र यूअसा कर्पोरेसन, जापानको ५०/५० (जोइन्ट भेन्चर) संयुक्त लगानी रहेको छ । हाउस अफ टाटाको टाटा अटो कम्पनीले विश्वका प्रख्यात (ओइएमएस) हरुलाई थुप्रै पार्टपूर्जा विक्री गर्दछ, जो आफैमा एउटा विशाल टायर वान अटोमोटिभ पार्टपूर्जा उत्पादक र विक्रेता हो ।

जीएस युआसा विश्वकै ठूलो टू व्हीलर ब्याट्रि उत्पादक र एसियाको सबै भन्दा ठूलो अटोमोटिभ ब्याट्रि उत्पादक रहेको छ, जसको विश्वभरको २० भन्दा बढी देशहरुको (ओइएमएस) सँगको सम्बन्ध पनि निकै नै बलियो छ ।

हाल जीवाई ब्याट्रिजले भारतका प्रसिध्द अटो ओरिजिनल इक्वीपमेन्ट मेनीफ्यक्चर (ओइएमएस) मार्फत टू व्हीलर्स, थ्री व्हीलर्स, फोर व्हीलर्स, अफ रोड र जेनसेट, ई रिक्सा र अरु व्यवसायिक साधनहरुलाई आपूर्ति गरीरहेको छ ।

यसको बलियो पहुँचले गर्दा, पाँच सय भन्दा बढी वितरक, १५ हजार भन्दा बढी विक्रेता र २५ हजार भन्दा बढी ग्यारेजमार्फत बजार पछि पनि धेरै सेगमेन्टमा महत्वपूर्ण भूमिका खेलेको छ ।

एसटीसी, ज्योती ग्रुपसँग सम्बन्धित ५५ वर्ष देखि नेपालमा होण्डा टू व्हीलर्स, फोर व्हीलर्स, जेनसेट, पावर प्रोडक्ट र अन्य प्रोडक्टको एक मात्र वितरकको रुपमा काम गरिरहेको छ ।

एसटीसीको २० लाख भन्दा बढी ग्राहक र एक सय ५० भन्दा बढी डिलर्स, एक सय भन्दा बढी ठाउँ सम्म पहुँच रहेको छ ।

टिप्पणीहरू