भन्सार छलेर ल्याइएको चार सय बोरा चिनी चितवनमा
प्रहरीले चितवनमा भन्सार छलेर ल्याएको चार सय बोरा चिनी नियन्त्रणमा लिएको छ । हिजो खैरहनी नगरपालिका, ६ पराजुली खाद्य उद्योग अगाडिबाट भन्सार छलेर ल्याएको चार सय २० बोरा चिनी समातेको हो ।
पर्साबाट लु. २ ख १०३२ नम्बरको ट्रकले अवैध रुपमा भन्सार छलीको चिनी लोड गरेर ल्याएको सूराकीका आधारमा प्रहरी कार्यालय, खैरहनी चितवनबाट प्रहरी निरक्षक अनोज बिकको कमाण्डमा खटिएको टोलीले ५५ लाख ६९ हजार मूल्य बराबरको चिनी बरामद गरेको हो ।
साथै, ट्रक चालकलाई पनि पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चिनी, ट्रक र चालकलाई आवश्यक कारवाहीको निम्ति राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।
टिप्पणीहरू