मध्यरातमा एटीएम फुटाउनेहरु रंगेहात पक्राउ

मध्यरातमा एटीएम फुटाउनेहरु रंगेहात पक्राउ

वीरगञ्ज महानगरपालिका–८ स्थित माछापुच्छ् बैंकको एटीएम मेसिन फुटाउँदै गरेका दुई जना समातिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ का २५ वर्षीय अजय चौधरी र कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकपुर चौधरीलाई हिजो एटीएम फुटाइरहेका बेला रंगेहात पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध चोरीसम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

टिप्पणीहरू