११ वर्षीया बालिका खरबारीमा बलात्कृत
गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।
ईस्मा गाउँपालिका–४, कुविन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई हिजो प्रहरीले पक्रेको हो । प्रहरी चौकी ईस्माका अनुसार अधिकारीले ती बालिकालाई फकाउँदै खरबारीमा लगरे जबरजस्ती करणी गरेका हुन् ।
अधिकारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू