खातामा रकम नभएको चेक भिडाउने थापा घर नजिकैबाट समातिए
आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जान्दा जान्दै झुक्याएर चेक भिडाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–१, बस्ने ४८ वर्षीय श्यामबहादुर थापा हुन् ।
उनलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोही नगरपालिका–२, बलम्बुबाट पक्राउ गरेको हो ।
थापाले सानिमा बैंक लिमिटेड नयाँबजार शाखामा पर्याप्त मौज्दात नभएको थाहा पाउँदा पाउँदै पीडितलाई झुक्याएर चेक भिडाएका थिए । त्यसपछि उच्च अदालत पाटनले उनलाई असार ३ गते बैंकिङ कसूर मुद्दामा पाँच दिन कैद र १५ लाख १९ हजार सात सय ५० रुपैयाँ जरिवाना सुनाएको थियो ।
त्यसलगत्तै फरार भएका उनलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयनको निम्ति उच्च अदालत पाटनमा पेश गरिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू