दाइको जाँच दिन गएका भाइ समातिए

दाइको जाँच दिन गएका भाइ समातिए

रौतहटमा अर्काको नाममा परीक्षा दिन गएका एक नक्कली परीक्षार्थीे पक्राउ परेका छन् । राजदेवी नगरपालिका–१ का २० वर्षीय राजन तिवारी दाइको नाममा जाँच दिँदादिँदै समातिएका हुन् ।

हिजो चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको बिबिएस दोस्रो वर्षको परीक्षामा आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा तिवारी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू