भैंसी करणीमा परेको भतिज अझै के–के भन्दैछ

३९ वर्षदेखि ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका वडा नं. २ खन्याखर्क घर भई हाल सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नं. ८ जनजागृति माध्यमिक विद्यालय बेतालीका शिक्षक स्थिरप्रसाद भट्टराईले मेरो कटेरोमा बाँधेको भैंसीलाई करणी गरेको देखेपछि पुरोहितसमेत बसी सम्झाएबापत प्रतिशोध साँधेर अत्याचार गरेकाले कडा कारवाहीको मागसहित तपाईंको लोकप्रिय पत्रिकामार्फत अनुरोध गर्दछु ।

जिल्लाको पूर्वी भेगमा पर्ने सुन्दर गाउँ खनियाखर्कमा भट्टराई थरका २५/३० घर एकापसमा जोडिएका छन् । सहायक पेशा पुरोहितको रुपमा जजमानी भए पनि मुख्य पेशा कृषि र पशुपालन हो । त्यसबेला प्रायः भट्टराईको घरमा दुई/तीनवटा भैंसी पालिन्थे । यी स्थिरप्रसाद १५÷१६ वर्षदेखि यौनको मामिलामा अति चालु भए । गाउँकै हिमालय मावि निशंखेमा १० कक्षामा ट्युसन पढ्दा चिने दमाइको बंगुर गोठमा पसेछन् ।

एसएलसीमा पहिलोपटक पाँचवटा विषयमा फेल भए । मेरो घर र स्थिरको घर जोडिएको र गोठ (कटेरो) दुई मीनेटजति टाढा र ढोका नभएको खुला थियो । भित्र दुईवटा भैंसी, एक हल गोरु, एउटा गाई र ६ वटा बाख्रा थिए । श्रीमती र नानीहरुले धेरैपटक राति गोठमा पसेको देखेका रहेछन् ।

घटना २०४० साल साउन १ गते साउने संक्रान्ति राति ८ बजेतिरको हो । त्यसबेला बिजुली बत्ती थिएन । संक्रान्ति चाड, मासुभात खाएर सबैजना दिनभरि थाकेकाले मस्त निदाए । राति ८ बजेतिर दाइको घरको झ्यालबाट फुत्त एउटा मानव आकृति सरासर मेरो गोठ कटेरोमा लुसुक्क बिरालो चालले पस्यो ।

हामीले देखेपछि भाग्न खोजे पनि गोठको एउटा मात्र खुला ठाउँ थियो, निस्कने ठाउँ पाएन । मैले यो के कर्म गरेको भतिज ! भन्दा गल्ती भयो, माफ पाऊँ, म पशु भएँ । बाहुनको छोरो भए पनि मलाई घरपालुवा जनावर देख्यो कि मन थाम्न सक्दिन भन्यो । अबदेखि गोठमा नपस्नु भनी यस्तो काम नगर्ने शर्तमा सम्झाएर तत्काल छोडिदिएँ ।

घटनापछि उसले मेरो पेशा पुरोहितलाई काट्टे, काठो र चोर भन्ने र मलाई पनि पटक–पटक कुट्ने काम ग¥यो । गाउँमा पशु भनेर बस्न नसकेपछि काठमाडौंतिर आयो । मान्छे विदेश पठाउने भनेर ठगीमा परेपछि सर्लाही, हरिवन गएर शिक्षक बनेको छ । मलाई त्यहींबाट पटक–पटक ज्यान लिने धम्की दिइरहेको छ ।

भन्ने गर्छ– ‘पैसा हरर, तेरो काल सरर ।’ म निज कार्यरत जनजागृति माविका प्रअ चन्द्रमोहन झा, समाजसेवी गणेश प्रसाईं र यज्ञविनोद ढुंगेललाई न्याय दिन अनुरोध गर्दछु । उहाँहरुबाट पनि न्याय नमिले स्थिरप्रसादको मिटरब्याजी अकूत सम्पत्ति र अन्य आपराधिक कार्यबारे अख्तियारलगायतका निकायलाई गुहार्न बाध्य हुनेछु ।

– तोयानारायण भट्टराई, सिद्धिचरण नपा–२, खनियाखर्क, ओखलढुंगा

टिप्पणीहरू