श्रीमती र छोराछोरीको हत्यापछि दिनेशले आत्महत्या गरेको आशंका
काठमाडौंको तारकेश्वर नगरपालिका–२, पदमसालमा एकै घरका चार जना मृत अवस्थामा फेला परेका छन् । तीमध्ये श्रीमानले पहिले श्रीमती र छोराछोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृत अवस्थामा फेला परेका चारै जनाको सनाखत भएको छ । अन्दाजी ३८ वर्षीय दिनेश पाण्डे, श्रीमती ३४ वर्षीया सुनिता कार्की पाण्डे, ७ वर्षीय छोरा आशिक पाण्डे र ११ वर्षीया छोरी आशिका पाण्डे रहेको नगरपालिका प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए ।
उनका अनुसार पुख्र्याैली घर गोरखा भएका उनीहरु विगत चार वर्षदेखि त्यहाँ बस्दै आएका थिए । अहिले घटनास्थलमा प्रहरी टोली, विभिन्न परीक्षणका निम्ति चिकित्सक टोली पनि पुगेको छ । घटनास्थलबाट छिना र चक्कुसमेत बरामद गरिएको नगरप्रमुख महर्जले बताए ।
टिप्पणीहरू