दुबई पठाएर अलपत्र पार्ने धादिङका विकास सुन्धारामा भेटिए

दुबई पठाएर अलपत्र पार्ने धादिङका विकास सुन्धारामा भेटिए

वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई समातेको छ ।

जागिरको प्रलोभनमा एक जनालाई दुबई पुर्याएर अलपत्र पारेको अभियोगमा चाबहिल बस्ने धादिङ धुनिबेशी गाउँपालिका–९, खानीखोला नौबिसेका २७ वर्षीय विकास थापा हिजो पक्राउ परेका हुन् ।

थापाले दुबईमा फुड डेलिभरीमा जागिर लगाई दिने प्रलोभनमा पीडितसँग ४ लाख ४५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । उनले रकम लिएपछि पीडितलाई दुबई पठाई अलपत्र पारेका थिए ।

थापाविरुद्ध जाहेरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले उनलाई काठमाडौंको बसुन्धाराबाट पक्राउ गरेको हो । थापालाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू