हिरासतबाटै फरार अभियुक्त पुनः समातिए
प्रहरी अनुसन्धानको क्रममा हिरासतबाट भागेका अभियुक्तलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बाँकेको खजुरा गाउँपालिका ८, बस्ने २६ वर्षीय अब्दुल खाँ जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका थिए ।
तर अनुसन्धानको क्रममा हिरासतमा राखिएको बेलामा साउन ९ गते राति खाना खाने समयमा ड्युटीमा रहेका प्रहरीलाई झुक्काएर उनी फरार भएको प्रहरीले बताएको छ ।
खाँ आज बर्दियाको बढैयाताल गाउँपालिका २, को भारतीय सीमा नजिकैबाट पक्राउ परेका हुन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
टिप्पणीहरू