दुई अर्ब बढीको काजु र बदाम ल्याइयो

दुई अर्ब बढीको काजु र बदाम ल्याइयो

नेपालमा पछिल्लो एक वर्षमा दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम भित्रिएको छ । भन्सार विभागले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको जानकारी दिएको छ ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म नेपालले दुई अर्ब एक करोड ४४ लाख दुई हजार रुपैयाँको काजु र बदाम आयात गरेको हो । उक्त रकममा २७ लाख ४८ हजार ९५५ केजी काजु र बदाम ल्याइएको छ ।

पछिल्लो वर्ष एक अर्ब १७ करोड २५ लाख ७९ हजार रुपैयाँको १४ लाख ३४ हजार दुई सय १० केजी काजु र ८४ करोड १८ लाख २३ हजार रुपैयाँको १३ लाख १४ हजार ७४६ केजी बदाम ल्याइएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

नेपालमा भारत, भियतनाम, अष्ट्रेलिया, चीन, हङकङ, जापान, मोजाम्बिक, नाइजेरिया, सिंगापुर र दक्षिण अफ्रिकाबाट काजु ल्याइने गरिन्छ । यस्तै, भारत, अमेरिका र अफगानिस्तानबाट बदाम ल्याइन्छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा दुई अर्ब आठ करोड ४७ लाख ९३ हजार रुपैयाँको काजु र बदाम आयात गरिएको थियो ।

टिप्पणीहरू