रक्सी खुवाएर महिलालाई गेष्ट हाउसमा करणी गरेका भारतीय फेला परे
मदिरा खुवाएर बेहोस बनाएपछि महिलालाई जबरजस्ती करणी गरेका भारतीय समातिएका छन् । भारतको पूर्वी चम्पारण, मोतीहारी घर भइ हाल काठमाडौं महानगरपालिका–१४ बस्ने ४४ वर्षीय सकील खान पक्राउ परेका हुन् ।
उनले २०७३ फागुन ८ गते ३२ वर्षीया ती महिलालाई रक्सी खुवाएर लट्ठ बनाइ सुन्धाराको गेष्ट हाउसमा लगेर बलात्कार गरेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
कुलेश्वरबाट सुन्धारास्थित ओम सुन्धारा गेष्ट हाउसमा पुर्याएर जबरजस्ती करणी गरेको ठहर गर्दै घटनाको तीन वर्षपछि २०७६ भदौ ८ गते उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनले पाँच वर्षको कैद सजाय सुनाएको थियो । तर, त्यसपछि फरार रहेका उनलाई आज कुलेश्वरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।
खानलाई फैसला कार्यन्वयनको निम्ति काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
टिप्पणीहरू