राजश्व छलिएको छालाका सामान गोदामबाटै बरामद

राजश्व छलिएको छालाका सामान गोदामबाटै बरामद

प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरेर नेपाल भित्र्याइएको छालाको पेटी र पर्स गोदामबाटै बरामद गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले आज दिउँसो नरदेवीस्थित गोदाममा छापा हानेर भन्सार ती सामान बरामद गरेको हो ।

१९ सय ६ थान छालाको पेटी र ५२ सय ९४ थान पर्ससहित प्रहरीले सप्तरीको राजविराज नगरपालिका–४ स्थायी ठेगाना भई हाल काठमाडौँको ठाँहिटी बस्ने ४२ वर्षीय गणेश भगतलाई पनि पक्रेको छ ।

यसबारे थप अनुसन्धान तथा कारवाहीका लागि बरामद सामानसहित भगतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू