नेपालीलाई साउदी अरब छाड्न निर्देशन

नेपालीलाई साउदी अरब छाड्न निर्देशन

नेपालको प्रमुख रोजगार गन्तव्य खाडी मुलुक साउदी अरबमा रहेका केही नेपालीलाई तत्काल मुलुक छाड्न आदेश दिइएको छ । रियादस्थित नेपाली दूतावासले ९३ जना नेपालीलाई साउदी अरबबाट स्वदेश फर्कन निर्देशन दिएको बताइएको छ ।

त्यहाँ अवैधानिक रुपमा बसेका उनीहरुलाई दूतावासले दुई महिनाभित्र स्वदेश फर्कन निर्देशन दिएको हो । दूतावासका अनुसार अगष्ट ५ देखि ११ तारिखसम्म रियाद र दमाममा अवैधानिक रुपमा बस्दै आएका ९३ जना नेपालीले ‘एक्जिट भिसा’ प्राप्त गरेका छन् ।

साउदीका विभिन्न कम्पनीमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरबु लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भीसाका निम्ति दुतावासले त्यहाँको सबन्धित निकायमा आग्रह गरेको बताइन्छ ।

एक्जिट भिसा लागेका नेपालीहरूले आगामी ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छाड्नुपर्ने हुन्छ ।

टिप्पणीहरू