फोटो रेशमको,रवि लक्षित टिप्पणी रञ्जिताको

फोटो रेशमको,रवि लक्षित टिप्पणी रञ्जिताको

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा प्रतिनिधिसभा सांसद रञ्जिता श्रेष्ठले हिरासतमा समेत विभेदपूर्ण व्यवहार भएको भन्दै गुनासो पोखेकी छन् ।  

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हालै सार्वजनिक तस्वीर र रेशम चौधरीको पुरानो फोटोबीच तुलना गर्दै उनले अन्यायमा परेको गुनासो गरेकी हुन् । रेशम जेलमा हुँदाको फोटो फेसबुकमा राख्दै रञ्जिताले भनेकी छन्, 'उहाँ यसरी बस्नुहुन्थ्यो,अहिले त धेरै सुखसुविधा हुने रहेछ कारागारमा !'

'उहाँ यसरी बस्नुहुन्थ्यो,अहिले त धेरै सुखसुविधा हुने रहेछ कारागारमा !'

रञ्जिताले पोष्ट गरेको उक्त फोटोमा साँघुरो खाटमा पल्टिरहेका रेशमको खुट्टामा ठूलो साङ्ग्लोले बाँधिएको छ । अहिले सामाजिक सञ्जालमा भाइरल रविको फोटोमा भने उनी खाटमा सिरक ओढेर सुतिरहेका छन् । नजिकै रहेको टेवलमा कितावहरु देखिन्छ ।  

दुबै फोटोको तुलना गर्दै उनले लेखेकी छन्, 'पूर्वगृहमन्त्री माननीय रविज्यूको फोटो भाइरल भैरहेको अवस्थामा हामीमाथि चाहिं विभेद भएकै हो जस्तो महसुस भयो । हाम्रो नागरिक उन्मुक्ति पार्टीको जन्मदाता त्यस समय उहाँ पनि जननिर्वाचित सासंद नै हुनुहुन्थ्यो ।'

टिप्पणीहरू