बैंकिङ कसुर मुद्दाका फरार युवती बल्ल पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार युवती बल्ल पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी युवती दुई महिनापछि पक्राउ परेकी छन् । जिल्ला सिन्धुपाल्ञ्चोक चौतारा नगरपालिका-१ घर भई हाल भक्तपुर बस्ने २६ वर्षीया सबिना थापा पक्राउ परेकी हुन् ।

थापाले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात नभएको जानी-जानी खाली चेक काटेकी थिइन् । उनले दिएको चेकको रकम भुक्तान हुन नसकेपछि उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा २०७९ असार तीन गते तीन दिन कैद सजाय र १२ लाख रुपैयाँसहितको जरिवाना फैसला सुनाएको थियो ।

त्यसयता फरार भएकी थापालाई हिजो धुम्बाराहीबाट नेपाल प्रहरी प्रधान कार्यालय,केन्द्रीय अनुसन्धान ब्यूरोले पक्रेको हो । फैसला कार्यान्वयनका निम्ति ललितपुर जिल्ला अदालतमा पेश गरेकोमा अदालतबाट कैद भुक्तानका लागि आज कारागार कार्यालय,सुन्धारा काठमाडौंमा पठाइएको ब्यूरोले जनाएको छ ।

टिप्पणीहरू