बिरामी र आफन्तले कुटेपछि डाक्टरहरु सडकमा

बिरामी र आफन्तले कुटेपछि डाक्टरहरु सडकमा 

कर्णालीमा चिकित्सकमाथि भएको कुटपिटविरुध्द नेपाल चिकित्सक संघले आन्दोलन शुरु गरेको छ । सहकर्मी चिकित्सक कुटपिटका विरुद्ध संघका उपसंयोजकको नेतृत्वमा डाक्टरहरु आज धर्नाका लागि माइतीघर पुगेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भदौ दुई गते एक जना चिकित्सकमाथि कुटपिट भएको थियो । चिकित्सकहरुले कुटपिटमा संलग्नमाथि कारबाहीको माग गर्दै आएका छन् ।

तर,आफूहरुको माग सम्बोधन नभएको भन्दै आज नेपाल चिकित्सक संघका उपसंयोजक डा.रविन प्रसाई,नेपाल दन्त चिकित्सक संघका उपाध्यक्ष डा.अजय साहलगायत ५ जनाको टोली हातमा विभिन्न नाराहरू लेखेका प्ले कार्डसहित माइतीघरमा धर्ना बसिरहेको छ ।

टिप्पणीहरू