आइएमई र मुथुट फिनकर्पबीच सम्झौता

आइएमई र मुथुट फिनकर्पबीच सम्झौता

इन्डो नेपाल करिडोरको रेमिट्यान्स प्रवद्र्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमई मनि ट्रान्सफरबीच सम्झौता भएको छ । सम्झौतापत्रमा मुथुट फिनकर्प लिमिटेडका तर्फबाट सीईओ साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुथुट फिनकर्पसँगको सहकार्यले भारतमा आइएमईको पहुँच विस्तार भएको बताए । मुथुट फिनकर्पसँगको सहकार्य भारतमा आइएमईको पहुँच विस्तारसँगै इन्डो–नेपाल रेमिट्यान्स सेवा विस्तारका लागि महत्वपूर्ण हुने आइएमईले जनाएको छ ।

यो साझेदारीपछि भारतमा रहेका नेपालीले आफ्नो मेहनतको कमाइ नेपालमा रहेका परिवारलाई पठाउँदा भरपर्दो र सुरक्षित प्लेटफर्म प्राप्त गर्ने बताइएको छ ।

नेपाली आप्रवासीहरूले मुथुट फिनकर्प लिमिटेडको भारमा रहेका तीन हजार छ सयभन्दा बढी शाखामध्ये कुनै पनि शाखाबाट नेपालमा रहेका आफ्ना परिवारलाई तत्काल रकम पठाउन सक्छन् ।

हरेक वर्ष यो सुविधाबाट ५० लाख नेपाली आप्रवासी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

टिप्पणीहरू