मेरियट होटलले १९ लाख बुझायो

मेरियट होटलले १९ लाख बुझायो

मेरियट होटलले त्यहाँ रहेको क्यासिनोको मनोरञ्जन कर काठमाडौँ महानगरपालिकालाई आज बुझाएको छ । महानगरभित्र रहेका विभिन्न सात वटा क्यासिनोलाई मनोरञ्जन कर नतिरेको भन्दै बुझाउन आइतबार पत्र बुझाइएको थियो ।

महानगरलाई मेरियट होटलले १९ लाख ३७ हजार रुपैयाँ बराबरको कर बुझाएको बताइएको छ । क्यासिनोहरूलाई मनोरञ्जन कर नतिरेका कारण जरिवानासहित उक्त रकम बुझाउन सात दिनको अल्टिमेटमसहित महानगरले पत्र लेखेको थियो । सोहीअनुसार मेरियट होटलले कर बुझाएको छ ।

महानगरले होटल अन्नपूर्ण, र्याडिसन, हायात, सोल्टी, एलफ्ट र मल्लमा रहेका क्यासिनोहरूलाई जरिवानासहितको कर तिर्न पत्र पठाएको थियो ।

टिप्पणीहरू