गोकर्णेश्वर पनि बालेनकै बाटोमा हिँड्ने

गोकर्णेश्वर पनि बालेनकै बाटोमा हिँड्ने

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले पनि अनधिकृत संरचना हटाउने भएको छ । काठमाडौँ महानगरसहित देशभरका अन्य थुप्रै स्थानीय तहले धमाधम अनधिकृत संरचना हटाउने अभियान चलाइरहँदा गोकर्णेश्वर पनि अघि सरेको हो ।

नगरपालिकाअन्तर्गत वडा नम्बर ४ ले मापदण्डविपरीत संरचना हटाउन निर्देशन दिँदै सात दिने सूचना जारी गरेको छ । विशेषतः आफ्नो घरटहरा,पसल कवल र सटरभन्दा बाहिर त्रिपाल हाल्ने,फुटपाथमा पसल थाप्ने,छतमा पाइप हालेर बाटोमा पानी झार्ने र सडक छेउमा वर्कसप राखेर बाटोमा मोटरसाइकल धुनेलाई वडा कार्यालयले सचेत गराएको छ ।यस्ता क्रियाकलाप वातावरण प्रतिकूल र मापदण्डविपरीत हुने उल्लेख गर्दै आगामी ७ दिनभित्र हटाउन निर्देशन दिइएको छ । सूचना जारी गरेपश्चात पनि अटेर गरी नहटाउने तथा खाली नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

टिप्पणीहरू