डलर अर्बपतिलाई साक्षी राखेर माओवादी अध्यक्षले सम्बोधन गर्ने
डलर अर्बपति विनोद चौधरीको उपस्थितिमा हुने एक कार्यक्रमलाई आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने हुनुभएको छ । बिहान १० बजे नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा प्रचण्डले व्यापारीहरुलाई सम्बोधन गर्न लाग्नुभएको बताइन्छ ।
विवादास्पद व्यापारी चौधरीको पहलमा गठन भएको नेपाल उद्योग परिसंघको कार्यक्रममा प्रचण्डलाई प्रमुख अतिथि बनाइएको छ । प्रचण्डले कार्यक्रम उद्घाटन गरेपछि चौधरीले पनि आफ्ना कुरा खुलस्त राख्ने आयोजकले जानकारी दिएको छ ।
परिसंघ उद्योग वाणिज्य महासंघको समानान्तर संगठन हो । यसमा मारवाडी समुदायका व्यापारीको हालीमुहाली छ ।
टिप्पणीहरू