बीमा बोर्डलाई कामदार चाहियो
स्वास्थ्य बीमा बोर्ड टेकुले विभिन्न पदका लागि २७ जना कर्मचारी मागेको छ । बोर्डले सूचना जारी गर्दै करार सेवामा जनशक्ति आवश्यक भएकाले योग्यता पुगेका इन्छुक व्यक्तिलाई दरखास्त दिन आव्हान गरेको हो ।
सूचनामा हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आईटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक पदमा आवेदन मागिएको छ ।
उक्त पदका लागि आवेदन फारम लोकसेवा आयोगको ढाँचा अनुसार हुने बोर्डले बताएको छ । इन्छुक उम्मेदवारहरुले सात दिनभित्र आवेदन दिई सक्नुपर्ने छ । त्यसको लागि उम्मेदवारहरुले आफ्नो शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रको छायाँ पत्र र बोर्डको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खातामा लोकसेवा आयोगले तोकेको रकम जम्मा गरी सोको सक्कल भौचर समेत पेश गर्नुपर्ने छ ।
टिप्पणीहरू