गाडी किन्नेले प्यान देखाउनुपर्ने

गाडी किन्नेले प्यान देखाउनुपर्ने

अबदेखि चार पाँग्रे गाडी खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) पेश गर्नुपर्ने नियम ल्याइएको छ । आन्तरिक राजश्व विभागले त्यस्ता सवारी साधन खरिदमा स्थायी लेखा नम्बर अनिवार्यको व्यवस्था गरेको हो ।

चालु आर्थिक वर्षको बजेटको ३९१ बुँदामा उल्लेख भएअनुसार पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान नम्बर अनिवार्य पेश गर्नुपर्ने भएकाले सम्बन्धित निकायलाई कार्यान्वयनको निम्ति विभागले सूचित गरेको छ ।

विभागले जारी गरेको सूचनमा सम्बन्धित प्यान नम्बर बिक्रेताले बिक्री बिजकमा उल्लेख गर्नुपर्ने भएकाले अनिवार्य रुपमा सबै सरोकारवाला निकाय तथा व्यक्तिलाई प्यान नम्बर उपलब्ध गराउन आग्रह गरिएको छ ।

टिप्पणीहरू