टेलिकमका एमडीविरुध्द त्यहाँकै कर्मचारीहरु अख्तियार पुगे

टेलिकमका एमडीविरुध्द त्यहाँकै कर्मचारीहरु अख्तियार पुगे

नेपाल टेलिकमका म्यानेजिङ्ग डाइरेक्टर (एमडी) सुनिल पौडेलविरुध्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आइपीटी र आइपीएलसी ब्याण्डविथ भाडामा खरिद प्रक्रियामा पौडेलले आर्थिक चलखेल गरेको भन्दै कर्मचारीहरु उजुरी लिएर अख्तियार पुगेका हुन् ।

उजुरीमा कम्पनीमा नयाँ एमडी पौडेल आएदेखि नै विभिन्न अनुचित चलखेलहरु भइरहेकाले अख्तियारलाई छानविन गर्न माग गरिएको छ । जेठ २३ गते टेलिकमको केन्द्रीय कार्यालयमै बैठक बसेर छ अर्ब २२ करोड ५७ हजारभन्दा बढीको ब्याण्डविथ खरिद गर्न टेण्डर आह्वान गर्ने निर्णय गरिएको भएपनि पौडेलले हालसम्म नयाँ टण्डर आह्वान नगरी बैठकको निर्णयविपरित काम गरेको उजुरीमा उल्लेख छ ।

पुरानो टेण्डरको समय समाप्त भइसकेको बहानामा उनले अनुचित चलखेल गर्न थालेपछि हालसम्म काम हुन नसकेको कर्मचारीहरुको आरोप छ । हालका एमडी पौडेल, सिटिओ प्रतिभा बैद्य,म्यानेजर देवेन्द्र खतिवडा र डा. बिमल आचार्यको मिलेमतोमा नयाँ टेण्डर नखोली पुरानो सप्लायर्सलाई नै करिब १ वर्ष म्याद थपेर करोडौँ कमिसन लिन लागिएको उजुरीमा भनिएको छ ।

टिप्पणीहरू