बिजुली अड्डाले कर्मचारी माग्यो

बिजुली अड्डाले कर्मचारी माग्यो

नेपाल विद्युत प्राधिकरणले कर्मचारी भर्नाको निम्ति दरखास्त आह्वान गरेको छ । प्राधिकरणले १०औँदेखि तीन तहसम्म खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

मातहतका विभिन्न कार्यालयका लागि सहनिर्देशक, उपनिर्देशक, प्रबन्धक, कानुन अधिकृतलगायत विभिन्न पदका कर्मचारी मागिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असोज २० गतेसम्म आवेदन दिन सक्ने र दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणको विज्ञापनमा उल्लेख छ ।

टिप्पणीहरू