ग्लोबल आइएमई बैंकको डेबिट कार्ड प्रयोगमा ३३ प्रतिशत ‘क्यासब्याक’

ग्लोबल आइएमई बैंकको डेबिट कार्ड प्रयोगमा ३३ प्रतिशत ‘क्यासब्याक’

ग्लोबल आइएमई बैंकका एसटिसी डेबिट कार्ड प्रयोगकर्ताले दशैंमा ३३ दशमलब ३३ प्रतिशतसम्म ‘क्यासब्याक’ प्राप्त गर्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् (एसटिसी) सँगको सहकार्यमा यस पटकको दशैंका लागि एसटिसी डेबिट कार्ड भएका ग्राहक लक्षित एसटिसी तथा यूपीआइ कार्डको दमदार दशैं धमाका थ्री–डी अफरअन्तर्गत ग्राहकले ‘क्यासब्याक’ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर भइको बताइएको छ । कुनै पनि प्वाइन्ट अफ सेल (पीओएस) टर्मिनलमा भुक्तानी गरी कारोबार गर्ने एसटिसी डेबिट कार्ड होल्डर ग्राहकले ३३ दशमलब ३३ प्रतिशत अर्थात एक हजार रुपैयाँ अधिकतमसम्म क्यासब्याक पाउनेछन् ।

यस योजनापछि एसटिसी कार्ड होल्डर ग्राहकलाई एसटिसी कार्डमार्फत गरिने भुक्तानीप्रति विश्वास बढ्नेमा बैंक विश्वस्त देखिन्छ । भोलिदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा तीन वटा पिओएस कारोबार गर्ने कार्ड होल्डरलाई पाँच सय रुपैयाँ तथा कम्तीमा छ वटा पीओएस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई एक हजार क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

नगद फिर्ता प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा पाँच सयको हुनुपर्नेछ । जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ ।

टिप्पणीहरू