उम्मेदवार छान्न लोसपाका नेताहरु बबरमहलमा जम्मा
एमालेसँग चुनावी तालमेलको प्रयासमा रहेको भनिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मङ्सिर ४ को निर्वाचनका लागि उम्मेदवार छान्न कस्सिएको छ । पछिल्लो समय राष्ट्रिय राजनीतिमा कम चर्चामा रहेको लोसपाले आज कार्यकारिणी समितिको बैठक डाकेर उम्मेदवार चयनसम्बधी निर्णय गर्न लागेको हो ।
अहिले बबरमहलस्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको छ । बैठकले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गरी निर्वाचन आयोगमा बुझाउनेबारे छलफल गर्ने एक नेताले जानकारी दिए ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ ११० सिटमा उम्मेदवारको बन्द सूची बुझाउन आगामी आइतबार र सोमबारको समय निर्धारण गरेको छ ।
यसका साथै आगामी निर्वाचनको रणनीति तथा एमालेसँग गरिने सम्भावित गठबन्धनका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
टिप्पणीहरू