ग्लोबल आइएमई बैंकको आइफोन १३ योजना

ग्लोबल आइएमई बैंकको आइफोन १३ योजना

ग्लोबल आइएमई बैंकले बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्ने दुई जना भाग्यशाली प्रयोगकर्तालाई आइफोन १३ प्रदान गर्ने भएको छ । भोलिदेखि असोज महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा गोलाप्रथामार्फत् दुई जना भाग्यशाली ग्राहकलाई आइफोन १३ प्रदान गर्ने बैंकले जनाएको छ ।

यो योजनामा सहभागी हुन असोज महिनाभर पाँच सय रुपैयाँ वा सोभन्दा बढिको क्यूआरमार्फत कम्तीमा छ वटा भुक्तानी गरेको हुनुपर्नेछ । बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज तथा स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा ल्याएको हो ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्तै खालका योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको बताइएको छ ।

टिप्पणीहरू