चोलेन्द्रका समर्थकको सर्वोच्चको गेटमै ‘दादागिरी’, बाटो छेक्न गएका वकिलहरू फर्किए
निलम्बित प्रधानन्यायाधीस चोलेन्द्रसम्सेर राणा सर्वोच्च अदालत नफर्कने भएपछि नेपाल बारका पदाधिकारीहरु आन्दोलनको कार्यक्रम छोडेर बाहिरिएका छन् । राणा ११ बजे अदालत पुग्ने भनिएकोमा पौने १२ सम्म पनि नगएपछि उनको बाटो छेक्न सर्वोच्चको गेटमा उभिएका बारका पदाधिकारीहरु भर्खरै त्यहाबाट निस्किएका हुन् ।
प्रधानन्यायाधीश राणामाथि संसदमा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । महाअभियोग प्रक्रिया नटुङ्गीदै आज राती १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महाभियोग निस्क्रिय भएको जनाउँदै काममा फर्किने उनको तयारी थियो । त्यसबारे उनले सर्वोच्च प्रशासनलाई हिजै जानकारी गराइसकेका थिए । तर, सरकार आफैँ उनलाई अदालत फर्किन नदिने तयारीमा लागेपछि राणाको प्रयास असफल भएको हो ।
सर्वोच्च अदालतबाट बाहिरिंदै बारका एक पदाधिकारीले चोलेन्द्र अदालतमा फर्किन सक्ने संवैधानिक आधार नरहेको र उनी नफर्किनु नै न्यायपालिकाको हितमा हुने बताए ।
यता, निलम्बित प्रधानन्यायाधीश राणाको समर्थन गर्न पुगेका केही व्यक्तिहरुले सर्वोच्च अदालत परिसरमा अमर्यादित, अराजक र आपत्तिजनक अभिव्यक्ति दिएका छन् । लामो कपाल पालेका, मोटाघाटा देखिने केही व्यक्तिहरुले चोलेन्द्रको समर्थन गर्दै सर्वोच्चको गेटमा उभिएर सर्वोच्चका न्यायाधीश, बारका पदाधिकारी, कानुन व्यवसायीलगायत राजनीतिक दलका नेतामाथि अमर्यादित टिप्पणी गर्दै सिंगो न्यायालयप्रति घृणा फैलाउने अभिव्यक्ति दिएका हुन् ।
कानुन व्यवसायीहरुको भिडमा सादा पोशाक लगाएर सर्वोच्चको मूल गेटमा उभिएर उनीहरु चोलेन्द्रको पक्षमा चर्किएका हुन् ।
टिप्पणीहरू