४८ दलले बन्दसूची पेश गरे, प्रदेशमध्ये बागमतीमा धेरै

४८ दलले बन्दसूची पेश गरे, प्रदेशमध्ये बागमतीमा धेरै

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४८ राजनीतिक दलले निर्वाचन आयोगमा समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गरेका छन् । हिजो मध्यरातसम्ममा ती दलले उक्त विवरण बुझाएका हुन् ।

त्यसमध्ये सबैभन्दा धेरै ४० वटा दलले बागमती प्रदेशमा बन्दसूची पेश गरेको आयोगले जनाएको छ । प्रदेश नम्बर १ र मधेशमा ३६ वटा दलले सूची बुझाएका छन् भने गण्डकी र लुम्बिनीमा क्रमशः ३१ र ३२ दलले त्यस्तो सूची पेश गरेको बताइएको छ ।

त्यसैगरी कर्णालीमा २८ र सुदूरपश्चिम प्रदेश सभाको निम्ति ३१ राजनीतिक दलले हिजो रातिसम्ममा बन्दसूची बुझाएका हुन् ।

टिप्पणीहरू