राष्ट्रपतिविरुद्ध जताततै प्रदर्शनको तयारी
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानतः गए राति १२ बजेभित्र प्रमाणीकरण गर्नुपर्ने नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि थप विरोधको सम्भावना बढेको छ । नागरिकताविहीन संघर्ष समितिले आज मुलुकका विभिन्न भाग र राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शनको तयारी गरेको छ ।
समितिले संविधानतः दोस्रो पटक पेश भएको विधेयक १५ दिनभित्र स्वतः प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्थाको उल्लंघन गरिएको भन्दै आज थप विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
नागरिकताविहीनहरुले मुलुकका विभिन्न जिल्लामा शीतल निवासको पछिल्लो निर्णय विरुद्ध प्रदर्शन हुने जनाएका छन् । त्यसैगरी काठमाडौं,ललितपुर र भक्तपुरका साथै राष्ट्रपतिको कार्यालय शीतल निवास,माइतीघर मण्डला र नयाँ बानेश्वरमा प्रदर्शन गर्ने तयारी भैरहेको छ ।
टिप्पणीहरू