नेपाल टेलिकमको दशैं तिहार अफर शुरु
नेपाल टेलिकमले दशैं तिहारको अवसरमा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको अफर ल्याएको छ । यो अफर हिजोदेखि असोज २३ गतेसम्म उपलब्ध हुने छ ।
डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिन्छ । नयाँ अफरमा एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
यी प्याकहरु जुनसुकै समयमा प्रयोग गर्न सकिने र अफर प्राप्तको समयमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध हुने छ । दुई सय रुपैयाँदेखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी र पाँच सयभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डाटा प्याक उपलब्ध गराइने बताइएको छ ।
पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने दुई मिनेटको निःशुल्क भोल्टे सेवा पनि उपलब्ध हुने जनाइएको छ । यो अफर र प्याकेज प्राप्त गर्न ग्राहकले ८१४१५३ डायल गर्नुपर्दछ ।
टिप्पणीहरू