भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोली पशुपतिमा
हिजोदेखि नेपाल भ्रमणमा रहेको भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का प्रमुख पशुपतिनाथको मन्दिर पुगेका छन् । उनी भर्खरै मन्दिर प्रवेश गरेका हुन् ।
नेपाल आएका एसएसबी प्रमुख सुयोगलाल थोयोसेन भ्रमण दलका अन्य सदस्यसहित पशुपति मन्दिर गएको बताइन्छ । पोहोर यसैगरी यताबाट तत्कालीन सशस्त्र आइजिपी शैलेन्द्र खनाल भारत गएका थिए । दुई पक्षवीच सीमा सुरक्षा र आपसी सहकार्यवारे नियमित छलफल हुने चलन छ ।
टिप्पणीहरू