अमेरिकी मन्त्री मध्यरातमा काठमाडौं विमानस्थलमा
विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो काठमाडौं आइपुगेकी छन् । मन्त्री एलिजाबेथ गए राति ३ बजे काठमाडौं ओर्लिएकी हुन् । उनी कतार एयरवेजको क्युआर ६४४ उडानबाट दोहा हुँदै काठमाडौं आएकी हुन् ।
१२ दिने भ्रमणमा अमेरिकाबाट निस्केकी उनले नेपालसँगै संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिस्तिानको भ्रमण गर्ने कार्यक्रम छ । नेपालमा रहँदा मन्त्री ट्ुडोले अल्पसंख्यक समूहका अगुवा, सञ्चारकर्मी र दूतावासको एक्सचेञ्ज प्रोग्रामका पूर्व विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले लोकतन्त्रमा मिडियाको भूमिका सम्बन्धमा पनि छलफल गर्ने बताइएको छ ।
टिप्पणीहरू