विश्वविख्यात पर्वतारोही हिलारी हिमथाङमा मृत फेला
विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मृत भेटिएकी छन् । अस्ति गोरखाको मनास्लु हिमालको फेदमा गएको हिमपहिरोमा परी बेपत्ता भएकी उनको आज शव फेला परेको हो ।
चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले मनाङ जाने बाटोनजिकै हिमथाङमा आज बिहान पर्वतारोही नेल्सनको शव भेटिएको बताए ।
सन् २०१२ मा सगरमाथा आरोहण गरेकी मृतक नेल्सनका दुई सन्तान छन् । अस्ति गएको हिमपहिरोमा एक जना मृत भेटिएका थिए भने १३ जनाभन्दा बढी घाइते भएका थिए ।
टिप्पणीहरू