मसानघाटमा ६० केजी गाँजा फालेर तस्करहरु कुलेलम

मसानघाटमा ६० केजी गाँजा फालेर तस्करहरु कुलेलम

बाराको सिम्रौनगढ नगरपालिका–१ ढाँटटोलास्थित मसानघाट नजिकैबाट ६० केजी गाँजा बरामद भएको छ । गएराति नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले उक्त गाँजा नियन्त्रणमा लिएको हो ।

गाँजा तीन जनाले तीन वटा बोरामा बोकेर ल्याएका थिए । तर, उनीहरु प्रहरी चौकी अमृतगञ्ज खजानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भागेको प्रहरीले जनाएको छ ।

हाल फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।

टिप्पणीहरू